Rule 26
प्रस्तावको मूल्याङ्कन

(१) नियम २५ बमोजिम प्रस्ताव प्राप्त भएपछि विभागले देहायको आधारमा प्रस्ताव मूल्याङ्कन गर्नेछ ः-
(क) प्रस्तावकको आर्थिक क्षमता ।
(ख) प्रस्तावकको नियम ५ बमोजिम योग्यता भए नभएको कुरा ।
(ग) प्रस्तावकको खनिज विक्री वितरण सम्बन्धी अनुभव ।
(घ) अन्वेषणात्मक विकास तथा सम्भाव्यता अध्ययन अवधिमा गर्ने प्रस्तावित न्यूनतम कार्य तथा खर्च ।
(ङ) अन्य प्रासङ्गीक कुराहरु ।
(२) उपनियम (१) बमोजिम प्रस्ताव मूल्याङ्कन गर्ने सिलसिलामा विभागले कुनै प्रस्तावकसँग थप विवरण वा जानकारी माग गर्न सक्नेछ ।